राजनीति


क्षमा माग्दै शेखर कोइरालाले पठाउन थाले चिठी

क्षमा माग्दै शेखर कोइरालाले पठाउन थाले चिठी

नेपालखबर
माघ १९, २०८२ सोमबार १२:६, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आफ्नो क्षेत्रका नेता, कार्यकर्ता तथा मतदातासँग क्षमा माग्दै चिठी पठाउन थालेका छन्। 

आगामी प्रतिनिधि सभाको निर्वाचनमा मोरङ-५ बाट उम्मेदवार बनेका डा. कोइरालाले चिठी पठाउँदै आफूले न्याय गर्न नसकेको भए क्षमा गर्न आग्रह गरेका छन्। ‘मलाई निस्वार्थ भावबाट यसरी राष्ट्रिय जिम्मेवारीमा पठाउँदा मैले यस क्षेत्रका आफ्ना प्यारा दाजुभाइ, दिदीबहिनीहरूप्रति न्याय गर्न सकेको छैन भने म अन्तस्करणबाट क्षमाप्रार्थी छु,’ उनले भनेका छन्। 

डा. कोइरालाले पठाएको चिठीमा फेरि एक पटक उम्मेदवार बनेर आएको उल्लेख गरेका छन्। उनले आफूलाई एक पटक फेरि विश्वास गरेर मत दिन पनि आग्रह गरेका छन्। 

‘हाम्रा अगाडि नयाँ-पुराना राजनीतिक दलहरू भोट माग्न आउनेछन्। नेपाली कांग्रेसको तर्फबाट रुख चुनाव चिह्न लिएर म पनि तपाईको घरदैलोमा आएको छु,’ उनले भनेका छन्, ‘एक पटक हामी सबै एकताबद्ध भएर भावी पुस्ताले देशभित्रै आफ्नो स्वर्णिम भविष्य देख्न सक्ने नेपाल निर्माणमा जुटौँ। रुख चिह्नमा अत्यधिक मतदान गरेर नेपाली कांग्रेसलाई विजयी बनाऔँ।’

२०७९ सालको निर्वाचनमा डा. कोइराला यही क्षेत्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचिन भएका थिए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad