राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सोमबार साँझ झापा फर्किएका छन्।
यति एयरलाइन्सको नियमित उडानमार्फत काठमाडौँबाट चन्द्रगढी विमानस्थलमा ओर्लिएका हुन्। उनको स्वागतका लागि विमानस्थल परिसरमा समर्थक, शुभेच्छुक र सर्वसाधारणको उपस्थिति रहेको थियो।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन पनि सोमबार काठमाडौँबाट झापा फर्किएका छन्।
दुवै जना एउटै जहाजमा झापा फर्किएका हुन्। उनीहरू भद्रपुर विमानस्थलमा हास्दै हात मिलाएर छुट्टिएका थिए।
लिङ्देन झापा-३ बाट र शाह झापा-५ बाट उम्मेदवार बनेका छन्। भद्रपुर विमानस्थलबाट शाह आफ्नो निर्वाचन क्षेत्र पर्ने दमक गएका छन्।
उनी चुनावी कार्यक्रममा सहभागी हुने जनाइएको छ। रास्वपा झापा-५ का सभापति भेषराज भट्टराईले चुनावी गतिविधि र घरदैलोलाई लक्षित गरी अब चुनावी कार्यक्रम हुने बताए।
Shares

प्रतिक्रिया