नेकपा (एमाले)का काठमाडौँ उपत्यकाका सबै उम्मेदवारले बुधबार सञ्चारकर्मीसँग संवाद गर्न लागेका छन्।
काठमाडौँ, भक्तपुर र ललितपुरका १५ वटै क्षेत्रका एमाले उम्मेदवारले संवाद गर्न लागेका हुन्। बुधबार बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा संवाद आयोजना गरिने भएको छ।
एमालेको राजधानी प्रदेश समिति र प्रेस चौतारी नेपालले आयोजना गर्न लागेको संवादमा एमालेका उम्मेदवारहरू ईश्वर पोखरेल, डा. राजन भट्टराई, महेश बस्नेतलगायत सबै उम्मेदवार उपस्थित रहने भएका छन्।
51
Shares

प्रतिक्रिया