राजनीति


सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको आशामा हिउँ वर्षाएछ: एमाले नेता बास्कोटा

सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको आशामा हिउँ वर्षाएछ: एमाले नेता बास्कोटा

नेपालखबर
माघ २१, २०८२ बुधबार ८:२९, काठमाडौँ

नेकपा (एमाले)का केन्द्रीय सदस्य गोकुल बास्कोटाले सर्वोच्च अदालतले संसद् पुन:स्थापनाको आशामा हिउँ बर्साएको बताएका छन्। 

बुधबार बिहान सामाजिक सञ्जालमा उनले अब संसद् पुन: स्थापनाको सम्भावना सकिएको टिप्पणी गरेका हुन्। 

संसद् विघटनविरुद्धको मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा छ। याे मुद्दामा सर्वाेच्चचले पेसीसमेत तोकेको छैन।

एमाले अध्यक्ष केपी शर्मा ओलीसहित कांग्रेसका केही नेतालेसमेत सर्वोच्चले यो मुद्धामा मौन बस्न नहुने, निर्वाचन अघि नै फैसला दिनुपर्ने भनेर दबाब बढारहेका छन्। 

तर, बास्कोटाले सर्वोच्चले संसद् पुन: स्थापनाको आशामा हिउँ वर्षाएको बताए पनि सन्दर्भ खुलाएका छैनन्। 

‘सर्वोच्चले संसद् पुनःस्थापनाको आशामा हिउँ वर्षाएछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब अन्टसन्ट नसोचि जनमत बटुल्न बाटो तताए हुन्छ, जसलाई जित्नु छ। फेरि चुनावमा गठबन्धन नेताको, मनबन्धन जनताको हुन्छ। गठबन्धनले जनताको मनबन्धन भत्काउन कठिन हुन्छ। अन्तिममा म्याच फिक्सिङको मौका भने छँदैछ।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad