राजनीति


६० जिल्लाको मतपत्र छपाइ सकियो, २५ जिल्लामा पठाउन तयारी अवस्थामा

६० जिल्लाको मतपत्र छपाइ सकियो, २५ जिल्लामा पठाउन तयारी अवस्थामा

नेपालखबर
माघ २२, २०८२ बिहिबार १७:१६, काठमाडौँ

प्रत्यक्ष तर्फको निर्वाचनका लागि ६० जिल्लाको मतपत्र छपाइको काम सकिएको छ। सुदूरपश्चिम र हिमाली क्षेत्र गरी २५ जिल्लामा पठाउन प्याकिङ गरी तयारी अवस्थामा राखिएको निर्वाचन आयोगले जनाएको छ।

आयोगले बिहीबार प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत मतपत्र छपाइको विवरण सार्वजनिक गरेको हो। 

आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी गरी जम्मा २५ जिल्लाको छपाइ तथा प्याकिङ्ग सम्पन्न भई सकेको छ।

यही माघ १६ गते देखि छपाइ शुरु गरिएकोमा आज (माघ २२ गते) विहान ८ बजेसम्म विभिन्न क्षेत्रका जम्मा ७२ लाख ६० हजार मतपत्र छपाई भई पाँच हजार आठ सय २५ बाकसमा प्याकिङ्ग गरिएको हो।

आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतका लागि २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ गर्नु पर्ने हुन्छ। 
मतपत्र छपाइको काम भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको छ।

यसअघि पुस २६ गतेबाट समानुपातिक मतपत्र छपाइ शुरु गरी माघ १३ गतेसम्म आवश्यक पर्ने जम्मा दुई करोड ८ लाख ३० हजार छपाइ सम्पन्न गरी प्याकिङ्ग तथा रुजु समेत गरी ढुवानीको लागि तयारी अवस्थामा राखिएको आयोगले स्पष्ट पारेको छ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनका लागि १० लाख ९८ हजार दुई सय नमुना मतपत्र छपाइ गरी विभिन्न जिल्लाहरूमा पठाई सकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad