नेपाली कांग्रेसका काठमाडौँ उपत्यकाका उम्मेदवारले ‘साझा विकास प्रतिबद्धता’ ल्याउने भएका छन्।
यसका लागि महामन्त्री प्रदीप पौडेलले तयारीमा जुटेका छन्। काठमाडौं–५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका महामन्त्री पौडेलले उपत्यकाको दिगो विकासका लागि आगामी पाँच वर्षमा गरिने साझा कामको खाका तयार पार्न लागेको बताए।
यसका लागि उनले संघीय राजधानीको यातायात, पूर्वाधारसहितका मुद्दामा उम्मेदवारबीच परामर्श गरिरहेको बताएका छन्। ‘संघीय राजधानीमा धेरै जिल्ला र क्षेत्र छन्,’ पौडेलले भने, ‘आ-आफ्नो क्षेत्रमात्र भन्दा पनि सबै जिल्ला र क्षेत्रको विकासमा साझा सहमति जुटाएर अघि बढे नागरिकमाझ जान र भावी दिनमा काम गर्न समेत सजिलो हुने विश्वास छ।’
उनले सांसद रहँदा उपत्यकाको चक्रपथको विकासका लागि उपत्यकाभित्रका सांसदहरू तथा सरकासमक्ष समेत दबाबमूलक अभियान चलाएका थिए।अहिले चक्रपथको विकास योजनाले गति लिएको छ।
Shares

प्रतिक्रिया