राष्ट्रियसभा अन्तर्गतका दुई वटा संसदीय समितिको बैठक आज बस्दैछ।
बिहीबार बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो।
विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापनको मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ।
त्यसैगरि सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको दुई वर्षे काम कारबाहीको समीक्षा हुने बताइएको छ।
36
Shares

प्रतिक्रिया