राजनीति


रवि लामिछानेलाई मतदाताले सोधे सहकारी ठगीबारे प्रश्न

रवि लामिछानेलाई मतदाताले सोधे सहकारी ठगीबारे प्रश्न

चितवनमा मतदातासँग कुराकानी गर्दै रास्वपा सभापति रवि लामिछाने।


नेपालखबर
फागुन ४, २०८२ सोमबार १६:०, काठमाडौँ

प्रतिनिधि सभाको निर्वाचनका लागि चितवनमा घरदैलो गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई मतदाता सहकारी ठगीबारे प्रश्न गरेका छन्। 

सोमबार उनी चितवनका विभिन्न स्थानमा घरदैलो गरिरहेका छन्। त्यही क्रममा भरतपुरमा घरदैलो गरिरहेका वेला मतदाताले प्रश्न गरेका हुन्। 

एक वृद्धले लामिछानेलाई सहकारी ठगी र जीबी राईबारे प्रश्न गरेका थिए। मतदाताले भने, ‘जीबी राईलाई तपाईंसँग जोडे। यो के हो, तपाईलाई किन त्यसरी मुछ्या हो?’

त्यसको जवाफमा लामिछानेले प्रस्टीकरण दिएका थिए। संसदीय छानबिनले पनि आफूलाई सहकारीबाट पैसा ल्याउनेमा नजोडेको उनको भनाइ थियो। ‘समितिको रिपोर्टले मलाई कहिँ कतै सहकारीबाट पैसा ल्याउने कुनै पनि प्रक्रियामा कहिँ पनि यसको सहभागिता छैन। आईसकेको पैसा कम्पनीमा चलाएको विषयमा जिम्मेवार बनाउनु भनेको थियो, मलाई,’ लामिछानेले भने। 

कम्पनीमा आएको पैसाका लागि मात्रै आफू जिम्मेवार भएको उनको भनाइ थियो। ‘कम्पनीमा जिम्मेवार बनाएको मान्छे हो, सहकारीको जिम्मेवार बनाएको होइन,’ उनले भने। 

आफूलाई अनावश्यक रुपमा जोडेर मुद्दा हालेको उनको आषय थियो। ‘पुरकमाथि पुरक मुद्दा हाले। मान्छेको हात समातेर मुद्दा हाल्न लगाएको मान्छेहरूले भनेका छन्।,’ लामिछानेले थपे। 

सहकारी समस्या सुल्झाउन आफूले गृहमन्त्री हुँदा पनि प्रयास गरेको उनले जिकिर गरे। मैले गृहमन्त्री हुँदा गरेका प्रयास सार्वजनिक नै छन्। त्यसमाथि अदालतमा मुद्दा खेपिरहेको छु। मैले जवाफ दिइरहेको छु, अरु कसैले जवाफ दिनु परेको छैन,’ उनले भने। 

बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन भन्ने आफ्नो मनसाय रहेको उनले सुनाए। अदालतमा धरौटी बुझाएको प्रसंग निकाल्दै लामिछानेले भने, ‘बचतकर्ताले एक रुपैयाँ पाएनन्। बरु मैले नै भने दोषी ठहिरिए लैजानु भनेर पैसा राखिदिए।’  

गण्डकी प्रदेशका केही जिल्लामा चुनावी भेटघाट गरेर लामिछाने चितवन फर्किएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad