राजनीति


चुनावका लागि ६७१ उम्मेदवारले मात्रै खोले बैंक खाता

चुनावका लागि ६७१ उम्मेदवारले मात्रै खोले बैंक खाता

नेपालखबर
फागुन ४, २०८२ सोमबार १७:३४, काठमाडौँ

प्रतिनिधि सभाको निर्वाचनका लागि अहिलेसम्म ६७१ उम्मेदवारले मात्रै बैंक खाता खोलेका छन्। 

प्रतिनिधि सभाको निर्वाचनका लागि देशभर ३ हजार ४०६ उम्मेदवार छन्। उनीहरूमध्ये ६७१ जनाले बैंक खाता खोलेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। यो करिब २० प्रतिशत हो। 

राजनीतिक दल तथा उम्मेदवारले प्रचारप्रसारका लागि आवश्यक रकम अनिवार्य रूपमा बैंक खातामार्फत जम्मा र खर्च गर्नुपर्ने व्यवस्था आयोगले गरेको छ। त्यसका लागि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई उम्मेम्मेदवारको बैक खाता खोल्नको लागि सहजीकरण गर्न परिपत्र जारी गरिसकेको छ। 

हाल देशभर राजनीतिक दल र उम्मेदवारले बैंक खाता खोल्ने प्रक्रिया अघि बढाइएको छ। उम्मेदवारलाई खाता खोल्ने क्रममा देखिएका समस्याबारे बैंक तथा वित्तीय संस्थाबाट जानकारी संकलन गरी आयोगले आवश्यक सहजीकरण गर्ने प्रवक्ता भट्टराईले बताए। 

उनकाअनुसार, खोलिएका खाताको सञ्चालन प्रयोजन, व्यवस्थापन प्रक्रिया र बैंकहरूले निर्वाह गर्नुपर्ने सहजीकरणबारे स्पष्टता दिन आयोगले सोमबार छलफल पनि गरेको थियो। बैंक तथा वित्तीय संस्थाले निर्वाचन खर्च पारदर्शी र व्यवस्थित बनाउन लागू गरिएको बैंक खाता प्रणालीमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले जानकारी दिए।

वित्तीय सुशासन कायम गर्ने सन्दर्भमा बैंक तथा वित्तीय संस्थाले आयोगको अपेक्षा अनुसारको नै सहयोग गरेको उनको भनाइ छ। 

उनले मतदाता शिक्षालाई प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाले सञ्चालन गर्ने मोबाइल एप, एटीएम मेसिन लगायतका डिजिटल डिस्प्लेहरूमा मतदाता शिक्षा सामग्री समावेश गर्न आयोगले अनुरोध गरेको पनि जानकारी दिए। यस विषयमा बैंक तथा वित्तीय संस्थाहरू सकारात्मक रहेको उनको भनाई छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad