राजनीति


गगन थापाले भने- पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्छौँ

गगन थापाले भने- पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्छौँ

नेपालखबर
फागुन ७, २०८२ बिहिबार १४:५३, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले युवाका लागि आगामी पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने गरी योजना बनाएको बताएका छन्। 

बिहीबार कांग्रेसको चुनावी प्रतिज्ञापत्रबारे जानकारी दिँदै थापाले कांग्रेसले चलाएको मिसन रोजगारीलाई निरन्तरता दिन र संविधानमा लेखिएको मौलिक हक अन्तर्गतको रोजगारी सिर्जना गर्ने गरी संकल्प तयार गरेको बताए। 

कृषि, पर्यटन, भौतिक पूर्वाधार र सूचना प्रविधि लगायतका क्षेत्रगत विधामा योजना बनाएर रोजगारी सिर्जना गर्ने उनको भनाइ थियो। ‘५ हजार युवाहरूका लागि कार्यक्रम बनाउनेछौँ, चाहे त्यो संसदमा होस् या सरकारमा होस्। यस बारेमा कार्यक्रम नै बनाएका छौँ,’ उनले भने। 

युवालाई डिजिटल स्वतन्त्रता र सिर्जनाको सम्मान गर्ने योजना कांग्रेससँग रहेको उनको भनाइ थियो। ‘अहिलेका युवाहरूसँग थुप्रै कला, साहित्य र सिर्जनाहरू छन्। उहाँहरूले सिर्जना गर्नु भएको छ। तर त्यसलाई बेच्न बजारमा पाइराख्नु भएको छैन। यसबाट स्वतन्त्रता खोज्नु भएको छ। यसका बारेमा हामी प्रस्ट छौँ,’ उनले भने। 

उनले युवामा रहेको सीप र सिर्जनालाई चलायमान बनाउनुपर्नेमा जोड दिएका छन्। ‘कुनै युवा वा युवतीले आफूले अध्ययन गरिरहेको शिक्षा वा सीपपछि गएर काम नलाग्ने गरी हुनु भएन। उसलाई दक्ष बनाइ राख्न अध्ययन गरिरहेको सीपमा थप गतिशीलता दिनु जरूरी छ। किनकि अहिले बजार प्रतिस्पर्धाको छ,’ थापाले भने। 

यस्तै सरकारले ब्रेन ड्रेनसँगै ब्रेन गेन अर्थात् युवाको दक्ष जनशक्ति पलायनसँगै दक्ष जनशक्तिलाई संस्थागत रुपमा कसरी ल्याउनेतर्फ पनि योजना बनाएको सुनाए। ‘विदेश पलायन भएका युवाहरूलाई नेपालमै कसरी संस्थागत ढंगबाट काम गर्ने वातावरण सिर्जना बनाउन सकिन्छ भन्ने कुरा योजना तयार पारेका छौँ,’ थापाले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad