राजनीति


रास्वपाको ‘वाचापत्र’ सार्वजनिक: २०४६ सालयताका शक्तिशालीको सम्पत्ति छानबिन गर्ने उद्घोष

रास्वपाको ‘वाचापत्र’ सार्वजनिक: २०४६ सालयताका शक्तिशालीको सम्पत्ति छानबिन गर्ने उद्घोष

नेपालखबर
फागुन ७, २०८२ बिहिबार १५:१०, काठमाडौँ

आगामी फागुन २१ को निर्वाचनका लागि 'निर्णायक' दौडमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णालीको भूगोललाई साक्षी राख्दै आफ्नो चुनावी 'वाचापत्र' सार्वजनिक गरेको छ। यसअघि नै 'करार पत्र'मार्फत आफ्ना प्राथमिकता सार्वजनिक गरेको रास्वपाले बिहीबार वीरेन्द्रनगरमा आयोजित सभामा दलीयकरणको अन्त्य र उच्चस्तरीय भ्रष्टाचार छानबिनलाई मुख्य एजेन्डा बनाएको हो।

पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन साह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले लगायतले संयुक्त रूपमा सार्वजनिक गरेको वाचापत्रमा २०४६ सालपछिका सबै उच्चपदस्थ राजनीतिक नेतृत्व र कर्मचारीको सम्पत्ति छानबिन गर्न 'शक्तिशाली उच्च आयोग' गठन गर्ने सङ्कल्प गरिएको छ।

सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले भने, “हामीले जनतासँग झुटो आश्वासन होइन, सम्झौता गरेका हौँ। २०४६ यता देश लुट्नेहरूको फाइल अब खुल्छ, कसैले उन्मुक्ति पाउने छैनन्।” उनले अबको निर्वाचन 'पुरानो सिन्डिकेट भत्काउने अन्तिम अवसर भएको दाबी गरे।

यस्तै, वरिष्ठ नेता बालेन साहले सुशासन र व्यवस्था बदल्न रास्वपाको विकल्प नभएको तर्क गरे। “दलीयकरणले थला परेका हाम्रा संस्थाहरूलाई स्वतन्त्र विज्ञको हातमा सुम्पनु हाम्रो प्राथमिक सर्त हो,” उनले थपे।

वाचापत्रमा कर्णालीको विकासका लागि विशेष आर्थिक प्याकेज, डिजिटल अर्थतन्त्र, र वैदेशिक रोजगारीमा गएका युवाको मताधिकार सुनिश्चित गर्ने विषयलाई महत्त्वका साथ उठाइएको छ। अर्थविद् एवं उपसभापति स्वर्णिम वाग्लेले भने, “हाम्रो लक्ष्य केवल सत्ता होइन, उत्पादन र उद्यमशीलतामा आधारित नयाँ अर्थतन्त्रको निर्माण हो।”

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad