कुनै समय मकवानपुरको गाउँ-गाउँमा 'घण्टी' पुर्याउन अहोरात्र खटिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्ला सभापति भरतप्रसाद पराजुली यतिबेला आफ्नै पुरानो घर' फर्किएका छन्।
४ वर्षसम्म रास्वपाको संगठन निर्माणमा 'इँटा थपेका' पराजुलीको नेपाली कांग्रेस प्रवेशले आगामी वैशाख २१ को निर्वाचनअघि मकवानपुर–२ को चुनावी अंकगणितलाई रोचक मोडमा पुर्याइदिएको छ।
२०७९ को निर्वाचनमा नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाको हारको मुख्य 'फ्याक्टर' पराजुली नै बनेको चर्चा अहिले पनि मकवानपुरको जिल्ला राजनीतिमा हुनेगर्छ। त्यतिबेला एमालेका महेश बर्तौलाले ३४ हजार ९५० मत ल्याएर बाजी मार्दा खतिवडा ३० हजार ४३२ मतमा रोकिएका थिए। १२ हजार ५९ मत पाएर पराजुली तेस्रो स्थानमा उभिएका थिए। खतिवडाको पराजयमा पराजुलीले काटेको त्यही १२ हजार मत नै निर्णायक बनेको विश्लेषण अहिले पनि हुन्छ।
तर, अहिले समय उस्तै रहेन। आउँदो २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उनै पराजुली 'यू-टर्न' गर्दै कांग्रेसको कित्तामा उभिएका छन्। सोमबारदेखि नै उनी कांग्रेस उम्मेदवार बुद्ध लामाको हात समातेर घरदैलोमा निस्किसकेका छन्। 
हिजो रास्वपाको संगठन बनाउन हिँडेका गोडा अहिले कांग्रेसको पक्षमा माहोल बनाउन सक्रिय भएपछि यस क्षेत्रको चुनावी अंकगणित फेरिने निश्चित देखिएको छ।
संगठन 'इन्जिनियर' नै बाहिरिएपछि...
रास्वपा मकवानपुरका संस्थापक अध्यक्ष पराजुलीले शून्यबाट संगठन उठाएका थिए। जिल्लादेखि वडा तहसम्म रास्वपाको संयन्त्र बनाउन उनको भूमिका अतुलनीय मानिन्छ। गत निर्वाचनमा उनले पाएको मत 'क्रेज' मात्र नभई उनको व्यक्तिगत प्रभावको उपज पनि थियो।
त्यतिबेला कांग्रेस छोडेर रास्वपा पुगेका पराजुलीले गर्दा नै सत्ता गठबन्धनका साझा उम्मेदवार विरोध खतिवडाले हार व्यहोर्नुपरेको विश्लेषण अझै सेलाएको छैन। एमालेका महेश बर्तौला ३४ हजार ९५० मत ल्याएर विजयी हुँदा खतिवडा ३० हजार ४३२ मतमा खुम्चिएका थिए। त्यतिबेला पराजुलीले काटेको १२ हजार मत नै खतिवडाको पराजयको मुख्य कडी बन्यो।
पश्चिमी मकवानपुरको मनहरी गाउँपालिकाका भरत पराजुली यतिबेला मकवानपुर–२ को राजनीतिमा फेरि चर्चाको केन्द्रमा छन्। तर, यसपटक उनको भूमिका फेरिएको छ।
अहिले तिनै पराजुली कांग्रेस उम्मेदवार बुद्ध लामाको हात समातेर घरदैलोमा निस्किएका छन्। यसले रास्वपालाई ठूलो धक्का मात्र दिएको छैन, कांग्रेसभित्र उत्साह पनि थपेको छ।
रास्वपामा 'बालेन फ्याक्टर' भर्सेस स्थानीय प्रभाव
रास्वपाले यसपटक पराजुलीलाई पाखा लगाउँदै काठमाडौँमा बसेर पर्यटन व्यवसाय गर्ने प्रशान्त उप्रेतीलाई टिकट दिएपछि भुसको आगो झैँ सल्किएको असन्तुष्टि अन्ततः विद्रोहमा परिणत भएको हो। आईटी क्षेत्रमा दख्खल राख्ने र बालेन शाहको 'आईटी सपोर्टर' का रूपमा चिनिने उप्रेती मकवानपुर-२ का लागि 'नयाँ अनुहार' हुन्।
हिजो उप्रेतीको उम्मेदवारी दर्तामा सँगै उभिएका पराजुली नै अहिले विपक्षी क्याम्पमा पुगेपछि रास्वपाको साख जोगाउन उप्रेतीलाई हम्मेहम्मे भइरहेछ। पराजुलीको अनुहार हेरेर रास्वपामा आकर्षित भएका मतदाता अब कता मोडिएलान्? यो नै अहिलेको मुख्य प्रश्न हो।
'लालकिल्ला'मा कांग्रेसको दाउ
मकवानपुर–२ नेकपा एमालेको विरासत बोकेको क्षेत्र हो। २०६४ यताका हरेक निर्वाचनमा एमालेले यहाँ आफ्नो झण्डा गाड्दै आएको छ। एमालेका 'फायरब्रान्ड' नेता महेश बर्तौला फेरि पनि मैदानमा छन्। तर, यसपटक परिस्थिति बदलिएको छ। सबै दल एक्लाएक्लै भिड्दै छन्।
कांग्रेस जिल्लाको दोस्रो ठूलो शक्ति हो। पराजुलीको पुनरागमनले कांग्रेसलाई थप बलियो बनाएको छ। त्यसमाथि जनजाति बाहुल्य क्षेत्रमा तामाङ समुदायका बुद्ध लामालाई उम्मेदवार बनाएर कांग्रेसले 'सामुदायिक मत' तान्ने रणनीति लिएको छ। अर्कोतिर, नेकपाका लवशेर विष्ट पनि बलिया पात्र हुन्।
पराजुलीले पश्चिमी मकवानपुरको मनहरी, राक्सिराङ र कैलाश क्षेत्रमा राम्रो पकड राख्छन्। मकवानपुरको राजनीति नजिकबाट नियालिरहेका राजनीतिक विश्लेषकहरूका अनुसार उनले ७ देखि ८ हजार मत तलमाथि पार्न सक्छन्। यदि यो मत कांग्रेसको पक्षमा 'ट्रान्सफर' भयो भने एमालेको विरासत भत्किन सक्ने सम्भावना नकार्न सकिँदैन।
पश्चिमी मकवानपुरको मनहरी गाउँपालिकाका भरत पराजुली यतिबेला मकवानपुर–२ को राजनीतिमा फेरि चर्चाको केन्द्रमा छन्। तर, यसपटक उनको भूमिका फेरिएको छ।
२०७९ को निर्वाचनमा नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाको हारको मुख्य 'फ्याक्टर' पराजुली नै बनेको आरोप लाग्ने गरेको छ। त्यतिबेला एमालेका महेश बर्तौलाले ३४ हजार ९५० मत ल्याएर बाजी मार्दा खतिवडा ३० हजार ४३२ मतमा रोकिनु परेको थियो। खतिवडा र बर्तौलाबीचको मतान्तरभन्दा धेरै अर्थात् १२ हजार ५९ मत 'घण्टी' मा खसालेर पराजुली तेस्रो स्थानमा उभिएका थिए। खतिवडाको पराजयमा पराजुलीले काटेको त्यही १२ हजार मत नै निर्णायक बनेको विश्लेषण अझै पनि सेलाएको छैन।
तर, समय बदलिएको छ। आउँदो २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उनै पराजुली 'यू-टर्न' गर्दै कांग्रेसको कित्तामा उभिएका छन्। सोमबारदेखि नै उनी कांग्रेस उम्मेदवार बुद्ध लामाको हात समातेर घरदैलोमा निस्किसकेका छन्। हिजो रास्वपाको संगठन बनाउन हिँडेका गोडा अहिले कांग्रेसको पक्षमा माहोल बनाउन सक्रिय भएपछि यस क्षेत्रको चुनावी अंकगणित फेरिने निश्चित देखिएको छ। पराजुलीको यो बर्हिगमनले लामाको चुनावी अभियानमा नयाँ ऊर्जा थपेको मात्र छैन, एमालेको विरासत भत्काउन कांग्रेसलाई थप बल पुग्ने राजनीतिक विश्लेषण सुरु भएको छ।
'परानो घर फर्किएँ'
आफ्नो निर्णयबारे पराजुलीको तर्क अलि फरक छ। उनी रास्वपा बाहिरबाट देखिएजस्तो नभएको गुनासो गर्छन्। नेपालखबरसँग भने, “यतिबेला कांग्रेस प्रवेश गरेको भन्दा पनि परानो घर फर्किएको भन्नुपर्छ होला। त्यतिबेला कांग्रेसमा बस्न मन लागेन। नयाँ दलको नयाँ विचार र सिद्धान्त मन पर्यो। रास्वपामा रहँदा जिल्लामा रास्वपा चिनाउन धेरै जोर जुत्ता फटाएँ। तर रास्वपा बाहिरबाट अरुले देखेजस्तो रहेनछ। त्यसैले आफ्नै घर फर्किएँ।”
गगन थापाको कार्यशैलीबाट प्रभावित भएर 'बदलिएको कांग्रेस' मा फर्किएको दाबी गर्ने पराजुलीले अब बुद्ध लामालाई जिताउन 'ज्यान दिएर लाग्ने' बताएका छन्। पराजुलीको यो 'ज्यान दिने' प्रतिबद्धताले मकवानपुर-२ को चुनावी नतिजा कुन दिशातर्फ मोडिएला? त्यो भने २१ गतेको मतपरिणामले नै बताउनेछ।
पश्चिमी मकवानपुरमा पर्ने मनहरी गाउँपालिकाका भरत पराजुलीलाई त्यस क्षेत्रको मत खस्दा खतिवडा हार्न पुगेको आरोप लाग्यो। त्यतिबेला मकवानपुर–२ बाट नेकपा एमालेका महेश कुमार बर्तौलाले ३४ हजार ९५० मत ल्याउँदा खतिवडाले ३० हजार ४३२ मत मात्रै प्राप्त गरे। यी दुई पछि रास्वपाका उम्मेदवार पराजुली १२ हजार ५९ मत सहित तेस्रो भएका थिए।
आउँदो २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उनै पराजुलीको यू–टर्नले मकवानपुर–२ को अंकगणितमा फरक पार्न सक्ने देखिन्छ। रास्वपा छोडेर कांग्रेस प्रवेश गरेका उनी सोमबार (हिजो)देखि नै यस क्षेत्रमा कांग्रेसबाट उम्मेदवार बनेका बुद्ध लामासँग घरदैलो कार्यक्रममा निस्किसकेका छन्। कांग्रेसमा उनको बर्हिगमनले लामाको जितमा बल थपेको राजनीतिक विश्लेषण सुरु भएको छ।
Shares

प्रतिक्रिया