राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपेन्देही-२ मा नेपाली कांंग्रेसलाई समर्थन गरेको जनाएको छ।
सोमबार राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले प्रेस विज्ञप्ति जारी गरी कांग्रेसलाई समर्थन गरिएको भन्ने समाचारमा सत्यता नभएको बताएका छन्। श्रेष्ठले भनेका छन्, ‘रुपन्देही क्षेत्र नं. २ मा राप्रपाले नेपाली कांग्रेसलाई समर्थन गर्ने भनेर आएका समाचारहरूमा कुनै सत्यता छैन।’
प्रतिनिधि सभाको निर्वाचनमा राप्रपाले कुनै पनि दलसँग तालमेल नगरिएको राप्रपाले जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘राप्रपाले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा कसैसंग तालमेल वा समर्थन गर्ने नीति लिएको छैन।’
रुपन्देहीमा राप्रपाको नीति विपरीतका कार्यमा संलग्न नेता तथा कार्यकर्तालाई कारबाही गरिने चेतावनी दिइएको छ। राप्रपाले भनेको छ, ‘पार्टीको नीति विपरीत यस्ता कार्यमा संलग्न हुने कुरा अनुशासनको विषय बन्छ।’
प्राविधिक कारणले रुपन्देहीमा राप्रपाको उमेदवारी खाली हुन गएको विज्ञप्तिमा उल्लेख छ।
Shares

प्रतिक्रिया