राजनीति


हर्क साम्पाङको प्रश्न- दुई पटक चुनाव लडेर गृहमन्त्री भएको मान्छेको दल कसरी नयाँ हुन्छ?

हर्क साम्पाङको प्रश्न- दुई पटक चुनाव लडेर गृहमन्त्री भएको मान्छेको दल कसरी नयाँ हुन्छ?

सुनिता विष्ट
फागुन १८, २०८२ सोमबार १८:३६, हेटौंडा

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशद्रोहीलाई मत नदिन आग्रह गरेका छन्। 

सोमबार हेटौँडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष साम्पाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ संकेत गर्दै देश बिगार्ने दललाई होइन, देश बनाउन आएको दललाई मतदान गर्न अपिल गरे। रास्वपाले आफूलाई ‘नयाँ दल’ भनेर मतदाता झुक्याइरहेको उनको आरोप थियो। 

‘एक पटक जिताउनुस्, देश बनाएर देखाउँछु भन्ने सुनेँ। दुई पटक निर्वाचन लडेर दौरा–सुरुवाल लगाएर गृह मन्त्रालय सम्हालेको मान्छेको दल नयाँ हुन्छ?,’ साम्पाँले भने, ‘नयाँ दल त हाम्रो हो, हामी पहिलो पटक निर्वाचनमा जाँदै छौँ।’

साम्पाङले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) गाडीमाथि चढेर नाचेको प्रसंग उल्लेख गर्दै नाचगानले देश नबन्ने टिप्पणी गरे। ‘मान्छेहरू बुरुङ-बुरुङ नाचेर आकर्षित गर्न खोजेको देखियो। हामी सुरक्षा र समृद्धिको कुरा गरिरहेका छौँ,’ साम्पाङले भने। 

देशप्रतिको मायाले श्रम संस्कृति पार्टी दर्ता गरेर निर्वाचनमा होमिएको बताउँदै साम्पाङले श्रमदानमार्फत देश समृद्ध बनाउने आफ्नो लक्ष्य रहेको बताए। धरानको मेयर रहँदा साढे तीन वर्षमा श्रमदानबाट भएका विकासलाई उदाहरण दिँदै उनले प्रतिनिधि सभा निर्वाचनमा आफू र आफ्नो दलका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad