राजनीति


डा. शेखर कोइरालालाई ३ उम्मेदवारको समर्थन

डा. शेखर कोइरालालाई ३ उम्मेदवारको समर्थन

नेपालखबर
फागुन १८, २०८२ सोमबार १८:५३, काठमाडौँ

नेपाली कांग्रेस वरिष्ठ नेता डा. शेखर कोइरालालाई तीन जना उमेदवारले समर्थन गरेका छन्। 

सोमबार उनीहरूले प्रत्यक्षमा कांग्रेसका उमेदवार डा. कोइरालालाई सहयोग गर्ने र समानुपातिकमा आफ्नै दललाई मत हाल्ने निर्णय गरेका हुन्। नागरिक उन्मुक्ति पार्टी नेपालका बलराम खवास, जनता समाजवादी पार्टी नेपालका राजु मण्डल र जनमत पार्टीका सुधराम माझी थारूले छुट्टाछुट्टै विज्ञप्ति निकालेर कांग्रेसका उम्मेदवार कोइरालालाई समर्थन रहेको घोषणा गरेका छन्। 

यस्तै, नेपाल मजदूर किसान पार्टीका तिलक राजवंशी, जनता समाजवादी पार्टीका महमद जाविर र जेन्जी समूहका उमेदवार राम खत्रीले डा. कोइरालालाई सघाउने प्रतिबद्धता गर्दै यसअघि नै उमेदवारी फिर्ता लिएका थिए। 

अहिलेको अवस्थामा लोकतन्त्र र देशका लागि आफूहरूको भन्दा कोइरालाको जित आवश्यक रहेको उनीहरूको भनाइ छ। प्रतिनिधि सभाको निर्वाचनमा कोइराला मोरङ–६ बाट उम्मेदवार बनेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad