राजनीति


यी स्थानमा मतगणना शुक्रबार मात्र थालिने

यी स्थानमा मतगणना शुक्रबार मात्र थालिने

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको मतपेटिका ढुवानीका लागि सदरमुकाम सिमकोट विमानस्थलमा तयार गरिएको हेलिकप्टर।


नेपालखबर
फागुन २१, २०८२ बिहिबार १८:३०, काठमाडौँ

आज (बिहीबार) सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना सुगम क्षेत्रमा आजै थालिने भए पनि दुर्गम र हिमाली क्षेत्रमा भने यो शुक्रबार सुरु गरिने भएको छ।

दुर्गम र विकट क्षेत्रका मतपेटिका हेलिकप्टरबाट संकलन गर्नुपर्ने भएकाले शुक्रबार मात्रै मतगणना सुरु गर्न सकिने निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।

‘हामी सबै मतपेटिका संकलन गर्दै छौँ, विकट र दुर्गम ठाउँबाट हेलिकप्टरमा समेत मतपेटिका ओसार्न समय लाग्छ’, उनले नेपालखबरसँग भने।  

सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङका १६ वटा मतदानस्थल,  गण्डकी प्रदेशका ३२ वटा मतदानस्थल, बागमतीका रसुवा, दोलखा र धादिङका केही मतदान केन्द्रका मतपेटिका केन्द्रमा ल्याएर मात्र मतगणना गरिनेछ। 

यस्तै लुम्बिनी प्रदेशस्थित रुकुमपूर्वका ७ वटा मतदानस्थल, कर्णाली प्रदेशका हुम्ला, डोल्पा र रुकुम पश्चिमका ४० वटा मतदानस्थलका मतपेटिका पनि केन्द्रमै ल्याएर मतगणना गर्नुपर्नेछ।

यसैगरी सुदूरपश्चिमका दार्चुला, बाजुरा र बझाङका २० वटा मतदानस्थलका मतपेटिका पनि संकलन गर्न समय लाग्ने भएकाले शुक्रबार मात्र मतगणना सुरु गरिने आयोगका कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad