राजनीति


दुर्गम १५ जिल्लामा आजै, सात जिल्लामा भोलि बिहानसम्म मतपेटिका ढुवानी गर्ने आयोगको तयारी

दुर्गम १५ जिल्लामा आजै, सात जिल्लामा भोलि बिहानसम्म मतपेटिका ढुवानी गर्ने आयोगको तयारी

नेपालखबर
फागुन २१, २०८२ बिहिबार २०:२७, काठमाडौँ

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ। 

विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचन तोकिएकै मितिमा उत्साहजनक रूपमा सम्पन्न गराउने कार्य आफैंमा चुनौतीपूर्ण थियो भन्दै आयोगले सम्पूर्ण सरोकारवालाहरूमा हार्दिक आभारसहित धन्यवाद ज्ञापन गरेको छ।

आयोगका अनुसार देशभरबाट प्राप्त विवरण अनुसार करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ। यसको विस्तृत विवरण सङ्कलन कार्य जारी रहेको आयोगले जनाएको छ। 

‘मतदानका लागि तोकिएको समयभित्र मतदान केन्द्रमा प्रवेश गरेका केही केन्द्रहरूमा मतदानको कार्य जारी रहेको जानकारी सम्बन्धित निर्वाचन क्षेत्रबाट प्राप्त भएको छ’ आयोगले भनेको छ, ‘छिटफुट अवरोधका घटनाबाहेक निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन पर्यवेक्षणमा खटिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको प्रारम्भिक विवरणबाट समेत प्राप्त भएको छ।’

मतदान कार्यको समाप्तिसँगै मतपेटिका सुरक्षित रूपमा सङ्कलन भएपछि मतगणना कार्य तत्काल सुरु हुने आयोगको भनाई छ। दुर्गम १५ जिल्लाका विकट क्षेत्रबाट हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिने छ। जसमध्ये ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र रुकुम (पूर्वी भाग) का सम्पूर्ण मतपेटिका आजै सम्बन्धित मतगणना स्थलमा पुयाउने लक्ष्य छ भने संखुवासभा, सोलुखुम्बु, गोरखा र रुकुम (पश्चिम भाग), मनाङ तथा बाजुरा र हुम्लाका मतपेटिका शुक्रवार विहानसम्म सम्बन्धित मतगणना स्थलमा पुर्याइनेछ।

प्रतिनिधिमूलक लोकतन्त्रको यस उत्सवमा सहभागी भई आफ्नो मताधिकारमार्फत प्रतिनिधि चुन्ने, कानुन निर्माण र राज्य सञ्चालन प्रक्रियामा संलग्न हुने एवम् सरकार निर्माण तथा शासन सञ्चालनमा सहभागी हुने प्रक्रियालाई पूर्णता दिएकोमा आयोगले सम्पूर्ण मतदातामा धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad