प्रतिनिधि सभा निर्वाचनमा हिमाली जिल्ला रसुवामा ६० प्रतिशत मत खसेको छ।
मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार उप्रेतीका अनुसार, ४१ हजार ४७१ मतदाता रहेको रसुवामा २५ हजार १३६ जनाले मतदान गरेका छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा ६०.६१ प्रतिशत मत खसेको हो। जसमा १३ हजार ३६७ पुरुष र ११ हजार ७६९ महिला मतदाता रहेका छन्।
रसुवामा शान्तिपूर्ण रूपमा मतदान भएको छ। अहिले मतपेटिका संकलन भइरहेको उप्रेतीले जानकारी दिए।
हिमाली क्षेत्रमा गोसाइकुण्ड गाउँपालिका-४ लाङटाङको सामुदायिक भवन मुण्डुमा रहेको मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टर मार्फत सदरमुकाम धुन्चे ल्याइएको समेत उनले जानकारी दिए। योबाहेक अन्य स्थानको मतपेटिका स्थालमार्गबाटै ल्याइँदै गरिएको उप्रेतीले बताए।
39
Shares

प्रतिक्रिया