हिमालपारिको जिल्ला मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन विजयी बनेका छन्। यो विजयसँगै नेपाली कांग्रेसले पनि संघीय संसदको प्रतिनिधित्व सुनिश्चित गरेको छ।
गौचनले ३ हजार ७०७ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका इन्द्रधारा विष्टले १ हजार ८०६ मत प्राप्त गरे। गौचन यसअघि २०७९ को चुनावमा पनि विजयी बनेका थिए। नेपाली कांग्रेसका पुराना नेता तथा पूर्वमन्त्री रोमी गौचनका छोरा योगेश पर्यटन व्यवसायी हुन्।

उनको मुस्ताङमा होटल व्यवसाय रहेको छ। सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका अद्धितीयचन्द्र थकालीले ७५९ मत पाएका छन्।
१ हजार ५०१ मतको विजयसँगै ३२ वर्षीय गौचनको काँधमा पिताको विरासत जोगाउँदै मुस्ताङीको अपेक्षा पूरा गर्ने दायित्व आएको छ ।
रास्वपा तेस्रो स्थानमा
मुस्ताङमा पहिलोपटक प्रतिस्पर्धामा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अद्धितीयचन्द्र थकालीले ७ सय ५९ मत प्राप्त गरे।
यो विजयसँगै मुस्ताङमा कांग्रेसले आफ्नो प्रभाव कायम राखेको छ भने निर्वाचित गौचनसामु पिताको विरासत जोगाउँदै मुस्ताङको विकास र पर्यटनलाई उचाइमा पुर्याउने चुनौती र अवसर दुवै रहेको छ।
Shares

प्रतिक्रिया