नेपाली कांग्रेसका दुवै महामन्त्री पराजित भएका छन्।
विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेल रास्वपाका उम्मेदवारहरूसँग पराजित भएका हुन्।
काठमाडौं– ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सस्मित पोखरेलले ३० हजार ७३७ मत ल्याएर विजयी हुँदा महामन्त्री पौडेलले ९१५९ मत ल्याएर दोस्रो भए।
रास्वपाका पोखरेलले कांग्रेसका पौडेललाई २१ हजार ५७८ मतान्तरले पराजित गरेका छन्।
त्यस्तै, मोरङ– ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सन्तोष राजवंशीले अर्का कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई पराजित गरेका छन्।
कांग्रेस महामन्त्री घिमिरेलाई २४ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै राजवंशी विजयी भएका हुन्। उनले ३६ हजार ८५९ मत प्राप्त गरे घिमिरेले १२१४७ मत प्राप्त गरेका छन्।
Shares

प्रतिक्रिया