प्रतिनिधि सभाको निर्वाचनमा धादिङ-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की आसिका तामाङ निर्वाचित भएकी छन्।
निर्वाचन आयोगका अनुसार, रास्वपाकी तामाङ ३९ हजार १२८ मत पाएर निर्वाचित भएकी हुन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का भूमिप्रसाद त्रिपाठीले १५ हजार ३२ मत पाएका छन्।
त्यस्तै, नेकपाका राजेन्द्रप्रसदा पाण्डेले १४ हजार ७०९, नेपाली कांग्रेसका कृष्ण रिजालले १० हजार ८० र मंगोल नेसनल अर्गनाइजेसनका सुमन तामाङले ४६८ मत पाएका छन्।
30
Shares

प्रतिक्रिया