नुवाकोट क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशशरण महत पछि परेका छन्।
यसअघि अग्रता लिइरहेका उनलाई रास्वपा उम्मेदवार विक्रम तिमिल्सिनाले पछि पारेका हुन्। पछिल्लो मत परिणाम अनुसार रास्वपाका तिमिल्सिनाले १२ हजार २६० मत ल्याउँदा महतको ११ हजार ५८५ मत आएको छ।
यसअघि महतले लगातार अग्रता लिइरहेका थिए। यो क्षेत्रमा नेकपाका हितबहादुर तामाङको ९ हजार २२१ र एमालेका बद्री मैनालीको ५ हजार ५३७ मत छ।
4.5k
Shares

प्रतिक्रिया