प्रतिनिधिसभातर्फ खोटाङमा जित निकालेको हर्क राई नेतृत्वको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पनि पहिलो बनेको छ।
प्रत्यक्षतर्फ १६ हजार ६१२ मतसहित आरेन राईलाई प्रतिनिधिसभा सदस्यमा विजयी गराएका मतदाताले जिल्लामा समानुपातिकतर्फ समेत श्रम संस्कृति पार्टीलाई नै बढी मत दिएका हुन्।
समानुपातिकतर्फ कूल ६३ हजार २५७ मत खसेकोमा श्रम संस्कृति पार्टीले १८ हजार १३७ मत प्राप्त गरेको छ। त्यसैगरी एमाले दोस्रो र नेपाली कांग्रेसले तेस्रो धेरै मत प्राप्त गरेका छन्।
यहाँ एमालेले ११ हजार ३८५, कांग्रेसले १० हजार ७०५ मत प्राप्त गरेका छन्। रास्वपाले समानुपातिकतर्फ आठ हजार ८७९ मत प्राप्त गर्दै चौथो बनेको छ।
नेकपाले सात हजार २७४ र राष्ट्रिय परिवर्तन पार्टीले एक हजार २४४ मत प्राप्त गरेका छन्।
147
Shares

प्रतिक्रिया