राजनीति


समानुपातिकतर्फ १५२ क्षेत्रको मत गणना सकियो, १३ क्षेत्रको गणना जारी

रास्वापाको समानुपातिक मत ५० लाख नजिक, अरु दलको कति?
समानुपातिकतर्फ १५२ क्षेत्रको मत गणना सकियो, १३ क्षेत्रको गणना जारी

नेपालखबर
फागुन २६, २०८२ मंगलबार ९:३८, काठमाडौँ

समानुपातिक निर्वाचन प्रणालीतर्फको मत गणना अहिले जारी छ। हालसम्म कुल १ करोड ३ लाख ७० हजार ६२८ मतगणना भइसकेको निर्वाचन आयोगले जनाएको छ।

अहिलेसम्म १५२ क्षेत्रको मतगणना सकिएको छ। प्रतिनिधिसभा अन्तर्गत १३ क्षेत्रको समानुपातिक मत गणना भइरहेको आयोगले जनाएको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिलेसम्म ४९ लाख ८० हजार ५९१ मत पाएको छ। 

पछिल्लो विवरणअनुसार कांग्रेसले १६ लाख ८६ हजार ४३८ मत पाउँदा एमालेले १४ लाख २ हजार ९४० मत पाएको छ। 

त्यसैगरि नेकपाले ७ लाख ६४ हजार ३११ मत पाएको छ भने श्रम संस्कृति पार्टीले ३ लाख ५० हजार ८४१ मत पाएको छ।  

अहिलेसम्म राप्रपाले ३ लाख २३ हजार ८९२ मत पाएको छ भने जसपाले १ लाख ७० हजार, रापपाले १ लाख ६६ हजार, जनमतले ७६ हजारभन्दा धेरै मत पाएका छन्। 

हेर्नुहोस् मत गणना सकिएका र मतगणना जारी रहेका क्षेत्र

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad