राजनीति


रवि र बालेनलाई फोन गरेर पाकिस्तानका प्रधानमन्त्रीले दिए बधाई

रवि र बालेनलाई फोन गरेर पाकिस्तानका प्रधानमन्त्रीले दिए बधाई

नेपालखबर
फागुन २८, २०८२ बिहिबार ६:४२, काठमाडौँ

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई फोन गरेर बधाई दिएका छन्। 

शरीफले हालैको आम निर्वाचनमा रास्वपाले प्राप्त गरेको उल्लेखनीय सफलताका लागि रवि र बालेनलाई बधाई दिएका हुन्।

पाकिस्तानी प्रधानमन्त्रीको बधाई सन्देशमा रास्वपालाई प्राप्त जनादेश नेपाली जनताले नयाँ तथा गतिशील नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब भएको उल्लेख छ।

सन्देशमा उनले पाकिस्तान र नेपालबीचको ऐतिहासिक मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउन नवनिर्वाचित नेपाल सरकारसँग नजिकबाट सहकार्य गर्न पाकिस्तान इच्छुक रहेको उल्लेख गरेका पाकिस्तानी राजदूतावासले जनाएको छ। 

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि रवि र बालेनलाई टेलिफोन गरेर बधाई तथा शुभकामना दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad