राष्ट्रिय स्वतन्त्र पार्टीले यही चैत ३० गतेका लागि सचिवालय बैठक बोलाएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक उम्मेदवार सिफारिसका लागि बैठक बोलाइएको प्रवक्ता मनीष झाले बताएका छन्।
निर्वाचन आयोगले ३० गते (शनिबार) सम्म दलहरूलाई समानुपातिकतर्फ निर्वाचित हुने सूची बुझाउन भनेको छ।
हालै सम्पन्न निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको रास्वपा सरकार गठनको तयारीसमेत गरिरहेको छ।
324
Shares

प्रतिक्रिया