राजनीति


शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल

शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल

नेपालखबर
चैत ५, २०८२ बिहिबार १५:५७, काठमाडौँ

प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ दलसँग संसद सचिवालयले छलफल गरेको छ। 

बिहीबार अपराह्न सिंहदरबारमा ६ दलका प्रतिनिधिसँग छलफल सुरु भएको हो। छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी छन्। 

संसद् सञ्चालन, शपथ ग्रहण, संसदीय दलको कार्यालय लगायतका विषयमा ६ दलका प्रतिनिधिसँग अनौपचारिक छलफल भइरहेको संसद् सचिवालयका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाले जानकारी दिए। 

संसद् सचिवालयले चैत १२ गते नवनिर्वाचित सांसदको शपथ गराउने तयारी गरेको छ। त्यस विषयमा पनि आजको छलफलबाट टुंगो लाग्ने कोइरालाले बताए। 

गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभामा ६ दल आएका छन्। अन्य दलले भने प्रत्यक्षतर्फ जित हासिल गर्न सकेनन् भने समानुपातिकतर्फ पनि ‘थ्रेसहोल्ड’ कटाउन सकेनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad