राजनीति


सांसदको शपथलगत्तै संसदीय दलको नेता चयन गर्न रास्वपाले केन्द्रीय समिति बैठक राख्ने

सांसदको शपथलगत्तै संसदीय दलको नेता चयन गर्न रास्वपाले केन्द्रीय समिति बैठक राख्ने

नेपालखबर
चैत १०, २०८२ मंगलबार १०:१६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतासम्बन्धी विषयमा निर्णय गर्न बिहीबार केन्द्रीय समितिको बैठक बस्ने भएको छ।

यही चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभा सदस्यहरूको शपथ कार्यक्रम हुँदै छ।

त्यही दिन अपराह्न ४ बजे रास्वपाले संसदीय दलको नेता चयन गर्न बैठक राख्ने भएको हो। 

पार्टी सभापति रवि लामिछानेका अध्यक्षतामा बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। 

सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको सो बैठकमा अन्य विविध विषयमा पनि छलफल हुने बताइएको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रतक्ष्यतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट गरी झन्डै दुईतिहाइ बहुमत हासिल गरेको छ।

रास्वपाले चुनावअघि नै वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई संसदीय दलको नेता चयन गर्दै प्रधानमन्त्रीको उम्मेदवार बनाउने घोषणा गरिसकेको छ। 

अहिले रास्वपा बालेनको नेतृत्वमा सरकार गठनका लागि गृहकार्य गरिरहेको छ। नेपालको संविधान-२०७२ जारी भएयता पहिलोपटक कुनै दल एक्लैले (बहुमत पाएका कारण) सरकार गठन गर्न लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad