राजनीति


यस्तो छ गगनले केन्द्रीय कार्यसमितिमा प्रस्ताव गरेको १५औँ महाधिवेशनको कार्यतालिका

यस्तो छ गगनले केन्द्रीय कार्यसमितिमा प्रस्ताव गरेको १५औँ महाधिवेशनको कार्यतालिका

नेपालखबर
चैत १०, २०८२ मंगलबार १४:५७, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय कार्यसमितिको बैठकमा १५औँ केन्द्रीय महाधिवेशनको कार्यतालका प्रस्ताव गरेका छन्। 

कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले भदौ अन्तिम साता महाधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका हुन्। प्रस्तावमा चैतबाट महाधिवेशन प्रक्रिया सुरु गरी भदौ मसान्तमा सक्ने उल्लेख छ। 

गत पुसमा कांग्रेसको विशेष महाधिवेशन भएको थियो। विशेष महाधिवेशन भएको एक वर्षभित्र नियमित महाधिवेशन गर्नुपर्ने कांग्रेसको विधानमा व्यवस्था रहेको छ। 

यसअघि कांग्रेसको १४औँ महाधिवेशन २०७८ मंसिर २४ देखि २८ मा भएको थियो। महाधिवेशनबाट शेरबहादुर देउवा सभापति निर्वाचित भएका थिए। 

प्रस्ताववित कांग्रेस महाधिवेशनको कार्यतालिका:

  • २०८३ वैशाख १ देखि मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण र वितरण गर्ने।
  • असार १५ गतेसम्म केन्द्रले क्रियाशील सदस्यता छानबिन सक्ने।
  • असार मसान्तसम्म क्रियाशील सदस्यता वितरण निर्वाचन समितिलाई बुझाउने।
  • गाउँ र नगर वडा अधिवेशन:  साउन ६ गते।
  • गाउँ र नगरपालिका अधिवेशन: साउन १२ गते।
  • प्रदेश सभा क्षेत्र अधिवेशन: साउन २३ गते।
  • प्रतिनिधि सभा क्षेत्र अधिवेशन: साउन ३० गते।
  • जिल्ला अधिवेशन: भदौ ६ र ७ गते।
  • प्रदेश अधिवेशन: भदौ १५ र १६ गते।
  • केन्द्रीय महाधिवेशन: भदौ २४ देखि २६ गते।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad