राजनीति


यी ४७ सांसदले लिँदैछन् १७ भाषामा शपथ

यी ४७ सांसदले लिँदैछन् १७ भाषामा शपथ

नेपालखबर
चैत १२, २०८२ बिहिबार ८:४३, काठमाडौँ

प्रतिनिधिसभाका नव निर्वाचित २७४ सांसदले आज शपथ लिँदैछन्। 

जसमध्ये ४७ जना सांसदले नेपाली बाहेकका भाषामा शपथ लिने तयारी गरेका छन्। ४७ सांसदले १७ वटा मातृभाषामा सपथ लिने तय भएको संसद् सचिवालयले जनाएको छ। 

प्रतिनिधिभाका नव निर्वाचत २७४ जना सदस्यको शपथ ग्रहण बिहीबार दिउँसो २ बजे हुँदैछ।

प्रतिनिधिसभाका सबैभन्दा ज्येष्ठ सदस्य कांग्रेस नेता अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराउनेछन्। केसीले हिजै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका थिए।  

संवैधानिक व्यवस्थाअनुसार संघीय संसद्का प्रत्येक सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि शपथ लिनुपर्छ। मातृभाषामा पनि सांसदहरूले शपथ लिन पाउँछन्।

त्यसका लागि सचिवालयले तोकेको समयसीमाभित्र सम्बन्धित सांसदहरूले त्यसको जानकारी गराउनुपर्ने प्रावधान छ।

सोही अनुसार मातृभाषामा शपथ लिन चाहने सांसदहरूलाई त्यसको जानकारी दिन संसद् सचिवालयले सूचित गरेको थियो। जसअनुसार ४७ जना सांसदले नेपालीबाहेकको मातृभाषामा शपथ ग्रहण गर्ने जानकारी संसद् सचिवालयलाई गराएका संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

श्रम संस्कृति पार्टीका ७ जना सांसदले चारवटा मातृ भाषामा शपथ लिने तयारी गरेका छन्। अध्यक्ष हर्क सामपाङले भने नेपाली भाषामै शपथ लिने सो पार्टीले जनाएको छ।

नेपाल भाषामा शपथ लिन अनुष्का श्रेष्ठ, कुलभक्त शाक्य, कुसुम महर्जन, कृपा महर्जन, गंगालक्ष्मी अवाल, मदनकृष्ण श्रेष्ठ, रुकेश रन्जित, विराजभक्त श्रेष्ठ, सहजान खातुनले निवेदन दिएका संसद् सचिवालयले जनाएको छ। 

त्यसैगरि आकृति अवस्थी, दीपकराज बोहरा र हरिनादेवी कामीले डोटेली भाषामा शपथ लिने तयारी गरेका छन्। 

त्यसैगरि अंकिता ठाकुर, आशा झा, उज्ज्वलकुमार झा, कामिनी कुमारी, तपेश्वर यादव, दीपककुमार साह, नरेन्द्र साह कलवार, निशा मेहता, मनीष झा, मातृकाप्रसाद यादव, रामजी यादव, सीताराम साह, शम्भुकुमार यादव र जोगकुमार बरबरिया यादवले मैथिली भाषामा शपथ लिँदैछन् ।  

त्यसैगरि नीतिमा भण्डारी कार्की र राजेशकुमार चौधरीले बजिका भाषामा शपथ लिने संसद् सचिवालयले जनाएको छ। 

भोजपुरी भाषमा कन्हैया बनियाँ, बुद्धिप्रसाद पन्त र रवीन्द्र पटेलले शपथ लिनेछन्।

त्यसैगरि अमरकान्त चौधरी, अशोककुमार चौधरी, गीता चौधरी, प्रमिलाकुमारी गच्छदार, सुरेन्द्र चौधरी तथा कठरिया थारू भाषामा करिश्मा कठरिया र राना थारू, कृपाराम राना थारू भाषामा शपथ लिनेछन् । 

मगही भाषामा प्रमोदकुमार महतो र राजकिशोर महतोले शपथ लिने संसद् सचिवालयले जनाएको छ।  

त्यसैगरि संस्कृत भाषामा खुश्बु ओली, बान्तावा भाषामा ध्रुवराज राई, तामाङमा परशुराम तामाङ, चाम्लिङमा निश्कल राई, अवधिमा मोहम्मद इश्तियाक राई, बझांगीमा ऐनबहादुर महर, छन्त्यालमा गंगा छन्त्याल र मगर खाम भाषमा रेनुका काउचाले शपथ लिने तयारी गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad