नवनियुक्त गृहमन्त्री सुधन गुरुङ पदवहालीका लागि गृह मन्त्रालय पुगेका छन्।
गृहमन्त्री शपथ लिए लगत्तै गुरुङ गृह मन्त्रालय पुगेका हुन्। बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा उनी तेस्रो वरियताका मन्त्री हुन्।
यसअघि राष्ट्रपतिको कार्यालय, शीतलनिवासमा आयोजित विशेष समारोहमा उनले शपथ लिएका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाह र नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनियताको शपथ गराएका थिए।
1.1k
Shares

प्रतिक्रिया