राजनीति


रविले भने- बालेन्द्र शाह पाँच वर्षभन्दा पनि धेरै समय प्रधानमन्त्री हुनसक्छन्

रविले भने- बालेन्द्र शाह पाँच वर्षभन्दा पनि धेरै समय प्रधानमन्त्री हुनसक्छन्

नेपालखबर
चैत १३, २०८२ शुक्रबार १७:३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछनेले बालेन्द्र शाह पाँच वर्षभन्दा पनि बढी समय प्रधानमन्त्री हुनसक्ने बताएका छन्। 

शुक्रबार मन्त्रिपरिषद्को पहिलो बैठकअघि लामिछानेले प्रधानमन्त्री शाहसँग छलफल गरेका थिए। छलफल गरेर बाहिरिने क्रममा लामिछानेले प्रधानमन्त्रीमा शाह पाँच वर्षभन्दा बढी समय रहनसक्ने प्रतिक्रिया दिएका हुन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीले प्रधानमन्त्रीको कार्यकालबारे प्रश्न गरेका थिए। त्यसको जवाफमा लामिछानेले भने, ‘बालेन्द्र शाह पाँच वर्षभन्दा पनि धेरै समय प्रधानमन्त्री हुनसक्छन्।’

शाहलाई प्रधानमन्त्री बनाउँदा गर्व महसूस भएको उनको भनाइ थियो। अब सरकारले वाचापत्रमार्फत गरेका वाचा पूरा गर्ने उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad