नेकपा एमालेका महासचिव शंकर पोखरेलले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय फिर्ता लिन माग गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णय नै पूर्वाग्रही र प्रतिशोधपूर्ण भएको भन्दै पोखरेलले फिर्ता लिन माग गरेका हुन्।
फेसबुकमा पोखरेलले लेखेका छन्, ‘कार्की आयोगको पूर्वाग्रही प्रतिवेदन खारेज गर! मन्त्रिपरिषदको प्रतिशोधपूर्ण निर्णय फिर्ता गर!’
यसअघि एमाले सचिव महेश बस्नेतले प्रतिवेदन कार्यान्वयनको नाममा सरकारले धरपकड र राजनीतिक बदला लिन खोज्छ भने देशलाई पुनः द्वन्द्वतर्फ धकेल्ने जोखिम पैदा गर्ने बताएका थिए।
नवनियुक्त शाह सरकारले सुरक्षा संयन्त्रमाथिको कारबाही सिफारिस सम्बन्धमा अध्ययन समिति बनाउने र अन्यको हकमा तत्काल कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ।

Shares

प्रतिक्रिया