प्रहरी महानिरीक्षक दानबहादुर कार्की, उपत्यका प्रहरी प्रमुख एआईजी ईश्वर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, एआईजी गणेश ठाडा मगरसहित उच्च प्रहरी अधिकारीहरू छलफलमा जुटेका हुन्।
यसअघि गृह मन्त्रालयमा दुई आईजीपीसँग जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका विषयमा गृहमन्त्री गुरुङले छलफल गरेका थिए। तर त्यहाँ कसरी अगाडि बढ्ने भन्ने विषयमा सहमति जुट्न नसक्दा छुटेका गृहमन्त्री गुरुङ र प्रहरी प्रमुखहरू फेरि हेडक्वार्टरमा जुटेका हुन्।
त्यसअघि गृहमन्त्री गुरुङले प्रहरी प्रमुखहरूसँग भएको छलफलबारे बालुवाटार पुगेर प्रधानमन्त्री बालेन्द्र शाहलाई जानकारी गराएका थिए। बालेनसँग भेटेर बाहिरिएपछि गुरुङ पुनः प्रहरी प्रमुखहरूसँग छलफलमा जुटेका हुन्। जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय शुक्रबारको मन्त्रिपरिषद् बैठकले गरिसकेको छ। तर सुरक्षाकर्मीको हकमा भने तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ।
यसअघिको छलफलमा प्रहरी प्रमुखहरूले आयोगको सिफारिस अध्ययन गरेर मात्रै अगाडि बढ्ने भने पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणि दुवाडी र काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई तत्काल कारबाही गर्न गृहमन्त्रीको जोड छ। यसरी अगाडि बढ्दा आउनसक्ने अप्ठेराबारे दुवै प्रहरी प्रमुखले गृहमन्त्री गुरुङलाई जानकारी गराएका छन्।
अब कसरी अगाडि बढ्ने भन्ने विषयमा अहिले फेरि निर्णायक छलफल भइरहेको हो।
आयोगको प्रतिवेदन कार्यान्वयनबारे दुई आईजीपीसँग छलफलमा गृहमन्त्री गुरुङ
Shares

प्रतिक्रिया