राजनीति


संसद् अधिवेशन बोलाउने सरकारको तयारी

संसद् अधिवेशन बोलाउने सरकारको तयारी

नेपालखबर
चैत १६, २०८२ सोमबार १५:२५, काठमाडौँ

सरकारले प्रतिनिधि सभाको बैठक बोलाउने तयारी गरेको छ। 

सोमबार सांसदसँगको छलफलका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद् अधिवेशन बोलाउने तयारी भइरहेको बताएका हुन्। छलफलमा सहभागी सांसदहरूका अनुसार, चैत १९ गते संसद् अधिवेशन बोलाउनका लागि तयारी गरिएको छ। 

आज अपराह्न ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने तयारी रहेको छ। मन्त्रपरिषद्ले सिफारिस गरेपछि राष्ट्रपतिले संसद् अधिवेशन आह्वान गर्ने व्यवस्था छ। 

नवनिर्वाचित सांसदले पनि संसद् अधिवेशन बोलाउन माग गर्दै आएका छन्। गत फागुन २१ गतेको निर्वाचनबाट आएको प्रतिनिधि सभाको पहिलो अधिवेशन हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad