राजनीति


सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी: मार्ग प्रशस्त गर्नु, अर्को आउँछ

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी: मार्ग प्रशस्त गर्नु, अर्को आउँछ

नेपालखबर
चैत १७, २०८२ मंगलबार २०:४६, काठमाडौँ

सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान नमान्ने कर्मचारीलाई मार्ग प्रशस्त गर्न चेतावनी दिएको छ। 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार ६३ जना उपसचिवको सरुवा गरेको थियो भने मङ्गलवार ६ जना सहसचिवको सरुवा गरेको छ। 

यसअघि रिक्त रहेको नगरपालिका तथा उपमहानगरपालिकामा खटाइएका कर्मचारीहरू काठमाडौँ बाहिर जान आनाकानी गरेपछि सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले मार्ग प्रशस्त गर्न आग्रह गरेकी छिन्। 

मन्त्री रावलले भनिन्, 'जनतालाई सहज सेवा दिन सरकार जुनसुकै चुनौतीहरू पनि सामना गर्न पनि तयार छ, सरकारले खटाएको ठाउँमा जान्न भन्ने छुट कसैलाई छैन,नजाने कर्मचारीले मार्ग प्रशस्त गर्नुपर्छ।' 

मन्त्रालयले यसअघि प्रमुख प्रशासकिय अधिकृतविहीन रहेका नगरपालिकामा सोमबार  र उपमहानगरपालिकामा मंगलबार कर्मचारी पठाएको छ। 

अब एक दुई दिनमै कर्मचारीविहीन भएका गाउँपालिकाहरूमा पनि कर्मचारी खटाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad