नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ।
बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङले बताए।
उनले भने, ‘अनुशासन समितिको बैठक बस्दैछ। जसले फटाइँ गरेको छ, उसलाई आज कारबाही ठोक्ने हो।’
निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला समूहले समानान्तर गतिविधि गर्न थालेपछि कांग्रेसले अनुशासन समितिको बैठक बोलाएको छ।
शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउको विरोधमा पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको रूपमा विज्ञप्ति जारी गरेपछि कांग्रेसले ‘जरुरी बैठक’ बोलाएको हो।
आजको बैठकमा २१ फागुनको आमनिर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गर्ने र देउवा– कोइराला समूहको समानन्तर गतिविधिमाथि छलफल हुने गुरुङले बताए।
Shares

प्रतिक्रिया