श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) पार्टीको संसदीय दलको नेतामा चयन भएका छन्।
साम्पाङले बिहीबार प्रतिनिधिसभाको बैठकलाई गरेको सम्बोधनको पत्रमा साम्पाङलाई अध्यक्ष तथा संसदीय दलको नेता भनिएको छ।
साम्पाङले बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा २७ बुँदे लिखित पत्र पढेर सुनाएका थिए। सोही पत्र उनले आज सार्वजनिक गरेका हुन्।
२७ बुँदे पत्रमा एमसीसी खारेज गर्नुपर्ने, ससर्त अनुदान अस्वीकार गरेर विदेशी ऋण घटाउनुपर्ने र आत्मनिर्भर बन्नुपर्ने, बाह्य हस्तक्षेप बढाउने आइएनजीओहरू खारेज गर्नुपर्नेलगायत छन्।
60
Shares

प्रतिक्रिया