राजनीति


समयमै विद्यार्थीको हातमा पुस्तक पुर्‍याउन शिक्षामन्त्री पोखरेलको निर्देशन

समयमै विद्यार्थीको हातमा पुस्तक पुर्‍याउन शिक्षामन्त्री पोखरेलको निर्देशन

नेपालखबर
चैत २०, २०८२ शुक्रबार १७:५३, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले समयमै विद्यार्थीको हातमा पुस्तक पुर्‍याउन निर्देशन दिएका छन्। 

शुक्रबार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड निरीक्षणका क्रममा मन्त्री पोखरेलले निर्देशन दिएका हुन्। भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्रीको निरीक्षण गर्दै पोखरेलले सरकारको तर्फबाट आवश्यक सहयोग तथा सहजीकरण गर्ने बताए। 

उनले सहयोग र सहकार्यका सम्भावित क्षेत्रहरू पहिचान गरेर समन्वयका साथ अघि बढ्ने विश्वास व्यक्त गरे। ‘सरकारको तर्फबाट अझ थप सहयोग र सहकार्य हुनेछ,’ उनले भने, ‘मन्त्रालय र केन्द्रका पदाधिकारी बसेर कुन किसिमको समझदारी कायम गरेर अगाडि बढ्न सकिन्छ छलफल गरेर अगाडि बढ्नुपर्छ।’

शिक्षामन्त्री पोखरेलले जनक शिक्षा केन्द्रमा पुस्तक छपाइलगायत अन्य संरचनाको निरीक्षण गर्नुका साथै केन्द्रको समग्र अवस्थाबारे जानकारी लिएका छन्। यस क्रममा उनले समयमा नै पुस्तक छापेर विद्यार्थीको हातहातमा पुर्‍याउन निर्देशन दिएका छन्। 

त्यस्तै, मन्त्री पोखरेलले चिकित्सा शिक्षा आयोगको अवस्था र गतिविधिबारे जानकारी लिएका छन्। उनले गेटा अस्पताल कैलालीलाई गेटा विश्वविद्यालय सञ्चालनका लागि रहेका कानुनी अड्चन फुकाएर अगाडि बढ्नुपर्नेमा जोड दिए। दुवै निकायका पदाधिकारीले संस्थाको वस्तुस्थिति, गतिविधि र आगामी कार्ययोजना प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad