गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशी खोला क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका क्रसर बन्द गर्न निर्देशन दिएका छन्।
मंगलबार रोशी क्षेत्रको स्थलगत अवलोनमा निस्केका गृहमन्त्री गुरुङले अवैध क्रसरलाई तत्कालै बन्द गर्न भनेका छन्। गिट्टीबालुवा उत्खनन गरेर बाढीपहिरो गएको र यसको रोकथाम गर्न कोही नलागेको भन्दै उनले चासो दिएका छन्।
पहिले ठेक्कापट्टामा सेटिङ मिलाएर अवैध रुपमा क्रसर सञ्चालन गर्न दिएको भनाइ थियो। अब यस्तो गतिविधि गर्न रोक्ने उनले बताए।
गत वर्ष रोशीमा आएको बाढीले धनजनको क्षति भएको थियो। रोशी क्षेत्रमा सञ्चालन भइरहेका क्रसर उद्योगका कारण बाढी आएको विज्ञहरूको भनाइ थियो।
147
Shares

प्रतिक्रिया