राजनीति


नेकपालाई भावनात्मकरूपमा एकताबद्ध बनाउनु मुख्य कार्यभार : गुरुङ

नेकपालाई भावनात्मकरूपमा एकताबद्ध बनाउनु मुख्य कार्यभार : गुरुङ

नेपालखबर
जेठ ३, २०७७ शनिबार ७:३५,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का गण्डकी प्रदेश कमिटीका इन्चार्ज एवं प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीलाई वैचारिक, सैद्धान्तिक, राजनीतिक, सांगठनिक एवं भावनात्मकरूपमा अझै एकताबद्ध बनाउनु मुख्य कार्यभार रहेको बताएका छन्।

२७औँ मदन–आश्रित दिवस एवं दोस्रो पार्टी एकता दिवसका अवसरमा शनिबार एक शुभकामना सन्देश प्रकाशित गर्दै उनले तत्कालीन नेकपा (एमाले) र (माओवादी केन्द्र)का बीचको एकतापछि नेपालको कम्युनिस्ट आन्दोलनले देशभित्र मात्र नभएर विश्व कम्युनिस्ट आन्दोलनमा समेत नयाँ पहिचान र उचाइ स्थापित गर्न सफल भएको उल्लेख गरेका छन्।

नेपालको कम्युनिस्ट आन्दोलनले आफ्नो निर्दिष्ट लक्ष्यमा सफल भइ विश्व कम्युनिस्ट आन्दोलनलाई समेत दिशानिर्देश गर्न सक्नुपर्नेमा उनले जोड दिए। ‘सामन्तवाद, दलाल नोकरशाही पूँजीवाद र साम्राज्यवाद विरोधी जनताको जनवादी व्यवस्थालाई सुदृढ पार्दै नेपाललाई २१औँ शताब्दीको पहिलो समाजवादी मुलुकका रूपमा स्थापित गर्नका लागि बलियो आधार तयार पार्न पार्टीलाई अभेद्य एकता र फलामे अनुशासनका साथ अघि बढाउँदै निष्ठा र धैर्यतापूर्वक लाग्न आजको यस दिनले हामी सबैलाई थप प्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु’, सन्देशमा भनिएको छ।

मानव जातीको अस्तित्वका लागि चुनौती बनेर आएको कोभिड–१९ विरुद्धको जारी लडाइँमा पूर्ण सफलता प्राप्त गर्न र यस संकटको बेलामा अझ दृढतापूर्वक जुट्नसमेत थप प्रेरणा प्राप्त होस् भन्ने कामना इन्चार्ज गुुरुङले गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad