राजनीति


गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरूबीच भेटवार्ता

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरूबीच भेटवार्ता

नेपालखबर
बैशाख २, २०८३ बुधबार १८:२, काठमाडौँ

गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका राजदूत मायदा तोरूबीच भेटवार्ता भएको छ। 

बुधबार गृह मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा राजदूत तोरूले गृहमन्त्री गुरुङलाई बधाई र सफल कार्यकालका लागि शुभकामना दिएका थिए। भेटवार्ताका क्रममा नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण तथा एैतिहासिक सम्बन्ध, जापान सरकारले नेपालको आर्थिक तथा सामाजिक विकासमा पुर्‍याएको योगदानबारे छलफल भएको जनाइएको छ। 

गृहमन्त्री गुरुङले विपद् जोखिम न्यूनिकरण तथा प्रतिकार्यको क्षेत्रमा नेपाल र जापानबीच थप प्राविधिक सहकार्य, क्षमता अभिवृद्धि तथा अनुभव आदानप्रदान आवश्यक रहेको औँल्याएका थिए। नेपालमा विपद् व्यवस्थापन सम्बन्धी अध्ययन तथा खोज अनुसन्धानका लागि विश्वविद्यालय स्थापना गर्न जापानसँग प्राविधिक सहयोग तथा ज्ञान हस्तान्तरणको आवश्यक रहेको बताएका थिए। 

भेटवार्ताका क्रममा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप सुमधुर तथा सुदृढ गदै थप सहकार्य गर्न तत्पर रहेको दुवैले व्यक्त गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad