राजनीति


जेनजी आन्दोलनमा सुरक्षाकर्मीलाई कारबाही सिफारिसबारे अध्ययन गर्न समिति गठन

जेनजी आन्दोलनमा सुरक्षाकर्मीलाई कारबाही सिफारिसबारे अध्ययन गर्न समिति गठन

नेपालखबर
बैशाख २, २०८३ बुधबार १९:१, काठमाडौँ

जेनजी आन्दोलनमा दोषी देखाइएका सुरक्षाकर्मीलाई कारबाही गर्ने वा नगर्ने भन्नेबारे अध्ययन गर्न सरकारले समिति गठन गरेको छ। 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको नेतृत्वमा समिति गठन गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बताए। समितिमा सशस्त्र प्रहरी बलका पूर्वएआईजी सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्वएआईजी टेकप्रसाद राईलाई सदस्यत तोकिएको छ। 

जेनजी आन्दोलनको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायत सुरक्षाकर्मीलाई कारबाही गर्न सिफारिश गरेको थियो। 

त्यसका आधारमा सरकारले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ समेत गरेको थियो। उनीहरूलाई सर्वोच्च अदालतको आदेशपछि छोडिएको छ। 

तर, सुरक्षाकर्मीका हकमा अध्ययन गरेरमात्रै यकीन गर्ने सरकारले निर्णय गरेको थियो। त्यसैका लागि आज बसेको मन्त्रिपरिषद्ले समिति गठन गरेको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad