राजनीति


वैशाख ६ गते कांग्रेसले प्रदेश सभापति र मुख्यमन्त्रीहरूसँग छलफल गर्ने

वैशाख ६ गते कांग्रेसले प्रदेश सभापति र मुख्यमन्त्रीहरूसँग छलफल गर्ने

नेपालखबर
बैशाख ४, २०८३ शुक्रबार ९:५३, काठमाडौँ

नेपाली कांग्रेसले सातै प्रदेशका सभापति र मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएको छ।  

देशका सातै प्रदेशका पार्टी सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरूसँग यही वैशाख ६ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल हुने कांग्रेसले जनाएको छ। 

बिहीबार बसेको कांग्रेस कार्य सम्पादन समितिको बैठकले उपसभापति विश्वप्रकाश शर्मालाई प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई समन्वय गर्ने जिम्मेवारी तोकेको छ।

हिजोको बैठकमा गण्डकी प्रदेशमा मन्त्रीहरू परिवर्तन गरेको विषयमा पनि छलफल भएको थियो। गण्डकीमा कांग्रेस नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन्।

उनले केन्द्रसँग परामर्श नै नगरी मन्त्रीहरू नियुक्त गरेका छन्।

पूर्व उपसभापति पूर्णबहादुर खड्का निकट मानिने पाण्डेले गगन नेतृत्वको केन्द्रीय समितिसँग समन्वय नै नगरी मन्त्रिपरिषद् पुनर्गठन गरेपछि पार्टीभित्र विवाद बढेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad