राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ। हिजो आइतबार सचिवालय बैठकले पारित गरेका ९ एजेन्डाहरुमा केन्द्रीय समितिमा छलफल हुनेछ।
कार्यसूचीमा सबैभन्दा पहिला पार्टी गतिविधिबारे विस्तृत ब्रिफिङ हुनेछ। २० जना केन्द्रीय सदस्यले आ–आफ्नो मन्तव्य राख्नेछन्। उनीहरुलाई बोल्नका लागि २–२ मिनेट दिइने कार्यसूचीमा उल्लेख छ।
बैठकले आगामी स्थानीय तह निर्वाचन लक्षित उम्मेदवार क्लब गठन तथा आवेदन आह्वानसम्बन्धी प्रस्तावमा पनि छलफल गर्नेछ।
66
Shares

प्रतिक्रिया