राजनीति


मविरुद्ध मिडिया ट्रायल गरियो, कारबाही रोकिँदैन: गृहमन्त्री सुधन गुरुङ

मविरुद्ध मिडिया ट्रायल गरियो, कारबाही रोकिँदैन: गृहमन्त्री सुधन गुरुङ

फाइल तस्बिर


नेपालखबर
बैशाख ८, २०८३ मंगलबार ५:७, काठमाडौँ

गृहमन्त्री सुधन गुरुङले आफूविरुद्ध मिडिया ट्रायल र प्रायोजित हल्ला चलाइएको दाबी गरेका छन्। 

गएराति सामाजिक सञ्जालमा उनले वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेका छन्, उनीहरू आज डराएका र आफूविरुद्ध प्रायोजित हल्ला चलाइएको प्रष्टीकरण दिएका हुन्। 

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दिपक भट्टसँग गृहमन्त्री गुरुङको व्यवसायिक साझेदारी रहेको आरोप लागेको छ। त्यस्तै, जेनजी आन्दोलनपछि गुरुङले ५० लाखको शेयर खरिद गरेको र त्यसबारे सम्पत्ति विवरण उल्लेख नगरेको समाचार आइरहेका छन्। 

यसैलाई लिएर नेपाली कांग्रेसले गृहमन्त्री गुरुङको राजीनामा माग गरेको छ। उनीमाथि छानबिन गर्न कांग्रेसले सरकारसँग आग्रह गरेको छ।

आफूविरुद्धको हल्ला आफ्नो कामबाट डराएकाहरुले गरेको भन्दै उनले त्यसबाट आफू नडगमगाउने भ्रष्टहरुमाथिको कारबाही नरोकिने बताएका छन्। 

‘वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेका छन्, उनीहरू आज डराएका छन्। मिडिया ट्रायल र प्रायोजित हल्ला त केवल उनीहरूको छटपटी मात्र हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कारबाही रोकिँदैन, डगमगाइँदैन। दिनको ५० करोड भ्रष्टाचार गर्नेको पछाडि पनि यत्तिको दुःख गरेर लागेको देखिनँ।’

गृहमन्त्री गुरुङले सोमबार पनि सामाजिक सञ्जालमा लामो प्रष्टीकरण लेख्दै आफूमाथि लागेका आरोपका विषयमा अनुसन्धानका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad