नेकपा एमालेका सचिव महेश बस्नेतले गृहमन्त्री सुदन गुरुङले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्। राजीनामा नदिए गृहमन्त्रीको तातोपानी काण्डको भिडियो पत्रकारले तयार पारेर राखेको बताएका छन्।
गृहमन्त्री गुरुङ ‘स्टार माइक्रो इन्स्योरेन्स’ कम्पनीमा विचौलिया दीपक भट्टसँग साझेदार रहेको तथ्य बाहिरिएपछि स्वतन्त्र अनुसन्धानका लागि राजीनामा दिनुपर्ने माग गरेका हुन्।
‘गृहमन्त्रीले तत्काल राजीनामा दिएर छानवीनको दायरामा आउन आवश्यक देखिन्छ’, नेता बस्नेतले लेखेका छन्, ‘यदि राजीनामा दिएनन् भने मन्त्री बन्नुभन्दा चारपाँच दिन अगाडिको तातोपानीतिर जाँदाको काण्डसँग सम्बन्धित भिडियो फुटेज पत्रकारले तयार पारेर राखेको बताइँदैछ।’
तातोपानी काण्ड के हो र कुन पत्रकारसँग त्यसको भिडियो फुटेज छ भन्नेबारेमा चाहिँ उनले केही बताएका छैनन्।
Shares

प्रतिक्रिया