राजनीति


राष्ट्रिय स्वाधिनता रक्षाका लागि वैकल्पिक राजनीतिक मोर्चा निर्माण आवश्यक: धर्मेन्द्र बास्तोला

राष्ट्रिय स्वाधिनता रक्षाका लागि वैकल्पिक राजनीतिक मोर्चा निर्माण आवश्यक: धर्मेन्द्र बास्तोला

नेपालखबर
बैशाख ११, २०८३ शुक्रबार १७:४८, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलाले राष्ट्रिय स्वाधीनताको रक्षा र जनआन्दोलनको वास्तविक उद्देश्य पूरा गर्न वैकल्पिक राजनीतिक मोर्चा निर्माण आवश्यक रहेको बताएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव बास्कोटाले यस्तो बताएका हुन्। 

बालेन्द्र साह नेतृत्वको वर्तमान सरकार साम्राज्यवादको प्रत्यक्ष हस्तक्षेपबाट बनेको बास्कोटाको आरोप थियो।

उनले जनताको जेन–जी आन्दोलनलाई साम्राज्यवादका एजेन्टहरूले अपहरण गरी तत्कालीन सुशीला कार्की नेतृत्वको सरकार गठन गरेको आरोप पनि लगाए।

उनले २१ फागुनको चुनावबाट आउने सरकार जुनसुकै दलको भएपनि साम्राज्यवादकै दलाल हुने भएकाले नेकपा बहुमतसहित चार दलले निर्वाचन बहिष्कार गरेको टिप्पणी गरे। बास्कोटाले राष्ट्रियताको रक्षाका लागि चुनाव खारेज गरी पुनः निर्वाचन गरिनुपर्ने आफ्नो पार्टीको अडान रहेको भएपनि त्यसो हुन नसकेको बताए। 

उनले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतका पुराना संसदीय दलहरूलाई पनि साम्राज्यवादकै गोटीको रूपमा चित्रण गरे। 

उनले भने, ‘अहिले रास्वपाको सरकार साम्राज्यवादको गोटीको रुपमा एजेन्टको रुपमा काम गर्छ। यो ठाउँमा यदि नेपाली कांग्रेसले जितेको हुन्थ्यो भनेपनि, माओवादी वा एमालेले जितेको हुन्थ्यो भनेपनि वा कुनैपनि दलले जितेको भएपनि त्यो सरकार साम्राज्यवादको दलाल हुन्थ्यो। त्यसकारण अन्तिम समयमा पनि हामी ४ वटा पार्टीले निर्वाचन नै बहिस्कार गरेका हौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad