समाज


लागुऔषध व्यापारीलाई समात्न प्रहरीले चलायो गोली

लागुऔषध व्यापारीलाई समात्न प्रहरीले चलायो गोली

नेपालखबर
बैशाख ११, २०८३ शुक्रबार १७:५२, काठमाडौँ

उत्तरी काठमाडौंको साँखुमा गोली चलेको छ। प्रहरी प्रभाग साँखुका अनुसार लागुऔषधका व्यापारीलाई पिछा गर्दै जाँदा प्रहरीमाथि गोली प्रहार भएपछि प्रतिरक्षाका लागि प्रहरीले पनि फायर खोलेको हो। 

‘प्रभागको टोली अप्रेसनमा गएको होइन। लागुऔषध नियन्त्रण ब्युरोको टोली अप्रेसनमा गएको हो। प्रहरीले पनि प्रतिरक्षाका लागि गोली चलाएको भन्ने छ’, प्रभाग स्रोतले भन्यो।

प्रहरीको गोली लागी लागूऔषध व्यापारी घाइते भएका छन्। उनलाई उपचारका लागि अस्पताल लगिएको छ। उनको साथबाट पेस्तोल र लागुऔषध पनि बराम भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad