राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार पाण्डेलाई पक्राउ गरेको हो। ब्युरोको प्रमुख मनोज केसीले अनुसन्धानका लागि पाण्डेलाई कार्यालयमा ल्याइएको बताए। केहीबेरमा विस्तृत जानकारी आउने उनले बताए।
पूर्वमन्त्री समेत रहेका उनी निर्माण व्यवसायी हुन्। उनले २०७९ सालको निर्वाचनमा चितवन-३ बाट प्रतिनिधि सभाको सदस्य निर्वाचित भएका थिए।
सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर गरेको प्रकरणमा अनुसन्धानका लागि पाण्डेलाई प्रहरीले पक्राउ गरेको बताएको छ।
पूर्व वनमन्त्री समेत रहेका पाण्डेविरूद्ध २०७५ सालमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको थियो। सिक्टा सिञ्चाइ आयोजनामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा पाण्डे चार करोड धरौटी बुझाएर रिहा भएका थिए।
पाण्डेको नेतृत्वमा रहेको कालिका कन्स्ट्रक्सनले लिएको ठेक्का देशभर बद्नाम भएको थियो भने अर्बौंको भ्रष्टाचार मुद्दामा तानिएका थिए। उनी कालिका ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक हुन्।
Shares

प्रतिक्रिया